September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

बूढानीलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक जारी

file photo

काठमाडौं, प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बूढानीलकण्ठमा जारी छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बैठक बसिरहेको हो ।

महामन्त्री पूर्णबहादुर खड्काका अनुसार प्रधानमन्त्री बनेलगत्तै उनले कांग्रेस बैठकहरू बालुवाटारमा बोलाउँदै आएका थिए । तर, त्यसको विरोध भएपछि बूढानीलकण्ठमा बैठक बोलाइएको हो ।

बैठकमा क्रियाशील सदस्यता विवाद र महाधिवेशनका विषयमा छलफल हुनेछ । त्यस्तै मन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल हुने बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको