December 6, 2021, Monday
२०७८ मंसिर २०, सोमबार

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत पाएका छन् । आइतबार संसदमा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन् ।

उनलाई आफ्नै दल कांग्रेस, माओवादी केन्द्र, जसपा, एमाले माधवकुमार नेपाल समुह तथा जनमोर्चाका सांसदले मत दिए भने ओली पक्षका केही सांसदले पनि पक्षमा मत दिए । उनको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खस्यो । उक्त बैठकमा २४९ जन सांसद उपस्थित थिए ।

उनले विश्वासको मत पाउन १३६ मत आवश्यक थियो भने देउवाले विश्वासको मत पाएसँगै अब डेढ वर्षको अवधि सरकार चलाउँदै आगामी निर्वाचनसम्म सरकारको नेतृत्व गर्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको