July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

राजनीतिमा ठूलो चुनौती आउन सक्ने खतरा: ज्ञवाली

काठमाडौं, नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आज प्रतिनिधि सभामा बोल्दै राजनीतिक प्रणालीमा ठूलो चुनौती आउन सक्ने खतरा औल्याएका छन् ।

आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री बनाएर गलत थिती बसालेको टिप्पणी गरेका छन् ।

ज्ञवालीले अहिलेको राजनीतिलाई फुटबलसँग तुलना गर्दै रेफ्रीले गोल हानेर देउवा प्रधानमन्त्री बनेको बताए । उनले भने, ‘फ्रिकिकमा खेलाडीले नभई रेफ्रीले गोल गरिदिएर एक टिमलाई गोल भएको नतिजा दियो । देउवा प्रधानमन्त्री पद त्यस्तै भएको छ ।’

शीर्ष समाचार

धेरै पढिएको