August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

नेपाल पक्षबाट ४० सांसदले देउवालाई मत दिने, ८ वटा मन्त्रालय पाउने आश्वासन

file photo

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबाट ४० जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।

नेपालनिकट सांसद विरोध खतिवडाका अनुसार कम्तिमा पनि ४० जना सांसद आफूहरुको पक्षमा उभिएकाले सबैले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको हो । विश्वासको मत दिनेबारे साझा धारणा बनाउन बसेको नेपाल पक्षको नेताहरुको बैठकले यस्तो निर्णय गरेको खतिवडाको भनाई छ ।

खतिवडाकाअनुसार विश्वासको मत दिने भएपछि आफूहरु पनि सरकारमा सहभागी हुनसक्ने जानकारी दिए । हाल नेपाल पक्षले कम्तिमा पनि ८ वटा मन्त्रालय पाउने आश्वासन प्रधानमन्त्रीबाट पाएको छ ।

यसैगरी प्रधानमन्त्री देउवाले आजकै संसद् बैठकमा विश्वासको मत लिने भएका हुन् । उनलाई विश्वासको मत नदिने भनेर एमालेले निर्णय गरिसकेको छ । ( केहि समय अघि यस सामाग्रीको विषयबस्तु अनुसार तस्वीर फरक पर्न गएकोमा क्षमाप्रार्थी छौँ ।।)

शीर्ष समाचार

धेरै पढिएको