April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

देउवाले विश्वासको मत लिनुअघि कांग्रेस, जसपा र माओवादीको संसदीय दलका बैठक बस्दै

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिनुअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका बैठक बस्दैछ ।

कांग्रेस निकट स्रोतका अनुसार माओवादी केन्द्रले अहिले बिहान ११ बजे, जसपाले दिउँसो १ बजे र कांग्रेसले दिउँसो २ बजे संसदीय दलका बैठक राख्दै छन् । 

शेरबहादुर देउवा आफ्नो पार्टी कांग्रेस, माओवादी केन्द्र, जसपा यादव पक्ष र एमाले माधवकुमार नेपाल पक्षका सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । 

पुनःस्थापनापछि पहिलोपटक आइतबार अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदैछन् । त्यसअघि तीनै पार्टीले आफ्ना संसदीय दलका बैठक राख्ने भएका हुन् । 

शीर्ष समाचार

धेरै पढिएको