July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

नवनियुक्त प्रधानमन्त्री देउवालाई एमालेले विश्वासको मत नदिने

काठमाडौं, नेकपा एमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

उनले भने, ‘अब नेकपा एमाले देश र राष्ट्रियताको पहरेदार, लोकतन्त्र र संविधानको रक्षक, जनताको हितप्रति अटल रहँदै सक्रिय र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने छ । अलोकतान्त्रिक एवं अस्वस्थ विधिबाट गठन सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका प्रतिनिधिसभा सदस्यहरुलाई पार्टीको निर्णय मान्न निर्देशन दिएको छ ।’

शीर्ष समाचार

धेरै पढिएको