March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

स्थायी कमिटी बैठक रोक्न नमानेपछि बाहिरिए नेपाल समुहका नेता

काठमाडौं, ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकमा सहभागी भएका माधव नेपाल समूहका कार्यदल सदस्यहरू बाहिरिएका छन् । 

नेपाल समूहका कार्यदल सदस्यहरूले पार्टी एकतालाई अगाडि बढाउन बैठक स्थगित गर्न र कार्यदलले तयार पारेको १०बुँदे प्रस्तावमा छलफल गरेर अगाडि बढ्न आग्रह गरेका थिए । 

उक्त बैठकमा माधव नेपाल समूहका नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे  सहभागी भएका थिए भने अध्यक्ष केपी ओलीले बैठक रोक्न नमानेपछि आफूहरू बैठकबाट बाहिरिएको नेता भीम रावलले जानकारी दिएका छन् ।

पार्टी एकता जोगाउन कार्यदलले तयार पारेको प्रस्तावको कार्यान्वयन गर्नुको कुनै विकल्प नभएको र त्यसका लागि आफ्नो समूह इमानदार रहेको नेता रावलको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको