August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

नेपाल पक्षलाई आठ मन्त्रालय दिने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । देउवानिकट स्रोतका अनुसार नेपाल पक्षलाई ८ वटा मन्त्रालय दिनेसम्मको तयारी रहेको छ ।

बुधबार नेता नेपालको निवासमा पुगेरै प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुनको लागि आग्रह गरेको उक्त स्रोतको दाबी छ ।

तर, नेता नेपालले हाल सरकारमा सहभागी हुने वा नहुने भन्ने कुरा केही दिनपछि मात्रै भन्न सकिने जवाफ दिएका थिए ।

यस्तै माधव नेपाल पक्षधर सांसदहरुकै कारण देउवा प्रधानमन्त्री बनेका हुन् ब्जने प्रधानमन्त्री देउवाले तत्कालै विश्वासको मत लिने तयारीका साथ नेता नेपाललाई सरकारमा पनि आउन आग्रह गरेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको