December 6, 2021, Monday
२०७८ मंसिर २१, मंगलवार

विश्वासको मत माग्न माधव निवास पुगे प्रधानमन्त्री देउवा

काठमाडौं, नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालबीच बुधबार कोटेश्वरमा छलफल भएको छ ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार
देउवा साँझ सवा ५ बजे नेता नेपालको निवास कोटेश्वर पुगेका हुन् ।

प्रधानमन्त्री देउवाले शपथ गरेको भोलिपल्टै नेपाललाई भेटेर विश्वासको मत दिनको लागि आग्रह गर्न लागेको कांग्रेस स्रोतले बताएको छ ।

माधव नेपाल पक्षका २३ जना सांसदको समर्थनमा देउवा प्रधानमन्त्री बनेका थिए भने सर्वोच्च अदालतबाट देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश भएपछि नेता नपालले गठबन्धन छाड्ने बताएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको