July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

ओलीद्वारा आफूविरुद्ध लागेका सांसदहरुमाथि कारबाहीको सूची तयार

काठमाडौं, निवर्तमान प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारबाटै पार्टीमा आफूविरुद्ध लागेका सांसदहरुमाथि कारबाही गर्ने सूची तयार गरिसकेका छन् ।

उनले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावका हस्ताक्षरकर्ता २३ सांसदमाथि कारबाही गर्ने गरी सूची तयार गरेका हुन् ।

यसअघि माधवकुमार नेपाल र झलनाथ खनाल समूहका २३ सांसदको हस्ताक्षरले शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने ढोका खुलेको हो ।

कारबाहीको सूचीमा परेकामा १५ प्रत्यक्ष निर्वाचित र ८ समानुपातिकतर्फका सांसद हुन् । उनीहरुलाई पार्टीबाट निष्काशन गर्ने देखि सांसद सदस्य खारेज सम्मको निर्णय सिफारिश गर्ने तयारी भएको बताइएको छ ।

नेपाल-खनाल पक्षका सांसदहरु

१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. भीम रावल
४. सुरेन्द्र पाण्डे
५. भवानी खापुङ
६. राजबहादुर बुढा
७. यज्ञराज सुनुवार
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. जीवनराम श्रेष्ठ
११. नारायण खतिवडा
१२. धनश्याम भुसाल
१३. सोमप्रसाद पाण्डे
१४. मेटमणी चौधरी
१५. झपट रावल
१६. दिपकप्रकाश भट्ट
१७. रामकुमारी झाँक्री
१८. सरला यादव
१९. पुष्पाकुमारी कर्ण
२०. कल्याणी खड्का
२१. निरादेवी जैरु
२२. लक्ष्मीकुमारी चौधरी
२३. मुकुन्द न्यौपाने

शीर्ष समाचार

धेरै पढिएको