April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

देउवा सरकारका चार मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं, नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुईदुई  मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुमा बालकृष्ण खाँडलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रेसका अर्का नेता ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । माओवादी केन्द्रको तर्फबाट जनार्दन शर्माले अर्थ मन्त्रालय र पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।

प्रधानमन्त्रीलाई शपथ खुवाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई शपथ गराएकी हुन् । सोमबार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि सोही अनुसार राष्ट्रपति कार्यालयले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्तिको पत्र दिएको हो । 

यसैगरी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य चारजना मन्त्री बनाएर सबै मन्त्रालय लिएरका छन् । शपथ लिएपछि देउवाले पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

देउवाले उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि तथा पशुपन्छी विकास; खानेपानी; परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; भौतिक पूर्वाधार तथा यातायात; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; रक्षा; वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्‍घीय मामिला तथा सामान्य प्रशासन; सञ्चार तथा सूचना प्रविधि; सहरी विकास र स्वास्थ्य तथा जनसङ्‍ख्या आफूसँग राखेका छन् । 

शीर्ष समाचार

धेरै पढिएको