August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

सर्वोच्चले राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दियो: ओली

file photo

काठमाडौं, प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतले अत्यधिक न्यायिक सक्रियतासँगौ राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गरेका छन् । मंगलबारदेशवासीका नाममा आज सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

कहिलेकाँही मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने जनाउँदै भने, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरुको हो तर रेफ्री आफैँले खेल खेल्ने चाहना राखेमा समस्या हुन्छ । अदालतको फैसलाबाट दलीय प्रणालीमाथि धक्का दिइएको छ । संविधान संशोधन गराउन खोजिएको छ । राज्यका अङ्गहरुमाथि जनताको विश्वास गुम्ने र जनतामा नैराश्य उत्पन्न भई भयावह दुष्परिणाम ल्याउन सक्ने स्थिति पैदा गराइएको छ ।’

आफ्नो प्रधानमन्त्रित्वको अन्तिम दिन उनले पहिला पनि आफू सरकारबाट बाहिरिएको र जनताका मतबाट पुनः सरकारको नेतृत्वमा पुगेको स्मरण गर्दै कहिलेकाहीँ जनताका अपेक्षा र संसदीय अंकगणितका बीचमा विरोधाभास हुने भएकामा अब राज्यका अनय निकायका फैसलामा पनि विरोधाभास देखिने स्थिति आएको बताए ।

शीर्ष समाचार

धेरै पढिएको