August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं, नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी पार्टी केन्द्रीय कार्यालयमा जारी छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलका अनुसार सरकार गठन एवम् राजनीतिक तथा समसामयिक विषयमा बैठकमा छलफल भइरहेको छ ।

सर्वोच्च अदालतको सोमबारको फैसलाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गर्ने निर्णय बदर गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।

शीर्ष समाचार

धेरै पढिएको