July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

सर्वोच्चको फैसलाप्रति ओली पक्ष आक्रोशित, देश राजनैतिक द्वन्दमा प्रवेश गरेको टिप्पणी

काठमाडौं, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन असंबैधानिक कदम भएको ठहर गर्दै पुनःस्थापना गरि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि एमाले केपी ओली पक्ष आक्रोशित भएको छ ।

ओली समूहका नेता महेश बस्नेतले अदालतको फैसलाविरुद्ध विरोध जनाउन आग्रह गर्दै आजको दिनलाई नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको निर्दलिय शासन व्यवस्थाको पुन बिजारोपन भएको टिप्पणी गरेका छन् । 

उनले व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण रहेको उल्लेख गर्दै अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको