July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला

काठमाडौं, सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको छ । सोमबार संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै पुनः स्थापनाको पक्षमा फैसला गरेको हो ।

यसअघि प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको कदम चालेका थिए । मन्त्रिपरिषद्ले निर्णय गरी चुनवाको मिति सहित तोक्न गरेको सिफारिशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठमा सदर गरेकी थिइन् ।

सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु दिपक कुमार कार्की, मीरा खण्डका, आनन्दमोहन भट्टराई र ईश्वरीप्रसाद खतिवडाको संवैधानिक इजलासले यस्तो फैसला गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको