September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी

काठमाडौं, नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक जारी छ । सिंहदरबारमा जारी उक्त बैठकले आज सहमतिको खाका तयार पार्ने बुझिएको छ ।

बुधबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको भेटवार्ताको प्रगतिसहित कार्यदलका सदस्यहरु छलफलमा जुटेका हुन् ।

कार्यदलमा ओलीको तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । उता, माधव नेपाल पक्षबाट भने भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

शीर्ष समाचार

धेरै पढिएको