प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित

धनुषा, प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित भएको छ । प्रदेशसभामा प्रस्तुत बजेटमाथिको छलफलका लागि आज १ बजे बैठक आह्वान गरिएको थियो ।
बैठक स्थगितसम्बन्धी प्रदेश सांसदलाई सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराइएको हो । योसहित दोस्रो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जीत यादवका अनुसार आज १ बजे बस्ने प्रदेशसभा बैठक यही असार २५ गते १ बजेसम्मका लागि स्थगित भएको हो ।
यसअघि असार १५ गते बोलाइएको बैठक एक दिन अगाडि नै स्थगित भएको जानकारी गराउँदै असार २३ गतेका लागि समय निर्धारण गरिएको थियो ।
प्रदेश सरकारको विकास निर्माण र अन्य खर्चको भुक्तानी असार २४ गतेसम्म मात्रै हुने भएकाले आज बस्ने बैठक स्थगित गरी २५ गते बोलाइएको यादवले बताए ।
प्रतिकृया दिनुहोस्