September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

सिंहदरवारमा एमाले कार्यदल बैठक शुरु

काठमाडौं, नेकपा एमाले विवाद समाधान गर्न गठन गरिएको कार्यदलको बैठक सिंहदरवारमा शुरू भएकाे छ । एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार उक्त बैठकमा केही ठाेस सहमतिकाे खाका वा संयुक्त वक्तव्य आउने अनुमान गरिए पनि नेताहरूले यसबारे कुनै जानकारी दिएका छैनन् ।

यसअघि गत जेठ २ गते प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल गरी दुवै पक्षबाट पाँच–पाँच जना सदस्य सम्मिलित कार्यदल गठन गरिएको थियो ।

एमालेको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको उक्त कार्यदलको औपचारिक बैठक पछिल्लो समय भने निस्क्रिय रहदै आएको थियो । यसबीच २० देखि २५ वटा अनौपचारिक छलफल तथा भेटवार्ताहरु भएको कार्यदलका नेताहरुले जनाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको