September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

जसपा विवाद: सहमतिमा विवाद निरुपण नभएपछि इजलास गठन गर्दै आयोग

काठमाडौं, निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आपसी सहमतिमा विवाद निरुपण हुन नसकेपछि इजलास गठन गर्ने भएको छ ।

राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ४३ अनुसार दलको नाम, चिन्ह, विधान, पदाधिकारी र केन्द्रीय समितीको आधिकारिकतामा विवाद उत्पन्न भए दलको कुनै एक पक्षले आयोगमा निवदेन दिन सक्ने व्यवस्था छ ।

आयोगका न्यायधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले अयोगमा आधिकारिकताको दाबी पेश भएको थियो । यसपछि आयोगले जसपा केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष महन्थ ठाकुर पक्षलाई लिखित जवाफ पेश गर्न पत्र लेखेको थियो ।

राजनीतिक दलको दफा ४४ अनुसार दलको आपसी सहमतिमा विवाद समाधान गर्ने व्यवस्था बमोजिम आज आयोगले ठाकुर र यादव दुवै पक्षसँग छलफल गरेको हो ।

छलफलमा ठाकुर, यादवसहित दुवै पक्षका केन्द्रिय कार्यकारिणी समितकासदस्यहरुसाग आयोगका राजनीतिक तथा कानुनी तर्फका सबै पदाधाकारीहरुबीच छलफल भएको थियो । तर आपसी सहमतिबाट जसपाको विवादको कुनै निष्कर्श निस्कन सकेन ।

यसपश्चात् भने आयोगले अब इजलास गठन गर्ने वाग्लेले बताउनुभएको छ । इजलास सम्बन्धमा कम्तिमा सात दिन अघि दुवै पक्षलाई जानकारी गराउनुपर्दछ ।

जसपाका दुवै पक्षका नेताहरूले आफूहरू मिल्न नसक्ने भन्दै आ-आफ्नो बाटो तय गर्ने बताएका हुन् । आयोगमा पुगेर दुवै पक्षका नेताहरुले आफूहरु मिल्न नसक्ने भन्दै आ आफ्नो बाटो लाग्ने बताएका हुन् ।

मिल्न सकिन्नँ भनेर दुवै पक्षका नेताहरूले हस्ताक्षर गरेर आयोगलाई कानुन बमोजिम एउटा पक्षलाई आधिकारीता दिने जिम्मा दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको