October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

प्रधानमन्त्रीको प्रस्ताव आइसक्यो तर म गठबन्धनलाई धोका दिन्न

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा शनिबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा नेता नेपालले प्रधानमन्त्रीको प्रस्ताव आए पनि आफूले गठबन्धनलाई धोका नदिने प्रस्ट पारेका हुन् ।

‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो । तर म धोका दिने मान्छे हैन । हस्ताक्षर फिर्ता हुँदैन,’ उनले भने । आफूहरु एमालेको विद्रोही पक्ष भएको भन्दै नेपालले अहिलेको लडाइँ केपी ओली प्रवृत्तिविरुद्ध भएको उनको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको