April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

प्रदेश २ मा मन्त्रीपरिषद विस्तार, कांग्रेसका तीन मन्त्रीद्वारा सपथ ग्रहण

काठमाडौं, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले गए राति कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश सरकारमा सहभागी कांग्रेसका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त भौतिक पूर्वाधार यातायात मन्त्री कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, उर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहले बुधबार राति नै प्रदेश प्रमुख राजेश झा समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । यस्तै बुधबार दिउँसो जसपा र कांग्रेसबीच दुईबुँदे सहमतिसमेत भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको