November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

प्रधानमन्त्री बन्ने देउवाको सपना फेल

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सर्वोच्च अदालतको अन्तरिम आदेशको बलमा प्रधानमन्त्री बन्ने योजनामा ब्रेक लागेको छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेशको बलमा देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बन्ने चाहना राखेपनि सो तत्काल पुरा हुन सकेन । 

यसअघि देउवा सहितका १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गरेर अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै देउवाको तत्काल प्रधानमन्त्री बन्ने योजनामा फेल भएको हो । 

यहीँ जेठ ७ गते गते देउवाले संविधानको धारा ७६(५) अनुसार बहुमत सदस्यको प्रधानमन्त्रीमा दावी गर्दै राष्ट्रपतिसमक्ष प्रस्ताव पेश गरे पनि राष्ट्रपतिले त्यसलाई मान्यता भने दिएकी थिइनन् । 

बरु राष्ट्रपतिले नयाँ सरकार बन्न नसकेको भन्दै जेठ ७ गते मध्यराति प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभा भंग गरिदिएकी थिइन् । 

शीर्ष समाचार

धेरै पढिएको