June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

मन्त्रीमण्डल हेरफेर: चार मन्त्रीबाहेक सबै मन्त्री बाहिरिने

काठमाडौं, नेकपा एमालेबाट केपी शर्मा ओली सरकारमा सहभागी भएका चार जना बाहेक अन्य सबै मन्त्री पदमुक्त हुने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आज मन्त्रीमण्डल  रुपमा हेरफेर गर्दैछन् ।

त्यसमा एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठबाहेक अन्य सबै मन्त्री पदमुक्त हुन लागेको बताइएको छ ।


प्रधानमन्त्री ओलीले आजै अर्थमन्त्री पौडेल, एमाले नेता रघुबीर महासेठ र जसपा नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउँदैछन् ।

यसैगरी एमालेबाट ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शिवमाया तुम्बाहाङ्फे, पदमाकुमारी अर्याल, गणेशसिंह ठगुन्ना, जुलीकुमारी महतो, प्रेमबहादुर ओले, पार्वत गुरुङ, भानुभक्त ढकाल पदमुक्त हुने सूचिमा छन् ।

शीर्ष समाचार

धेरै पढिएको