June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

कोरोना संक्रमणबाट पूर्वसांसद विष्णुबहादुर तामाङको निधन

काठमाडौं, कोरोना संक्रमणका कारण पूर्वसांसद विष्णुबहादुर तामाङ (वीएल वाइवा)को निधन भएको छ । बिहीबार साँझ ६ः२० बजे झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य वाइवाको निधन भएको हो ।

उनी २०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

२००० साल फागुनमा जन्मिएका तामाङ वामपन्थी नेता जयगोविन्द शाहको नेतृत्वमा ग्रामीण वर्गसंघर्ष हुँदा ‘तमसुक फट्टा’ आन्दोलनमा सक्रिय भएर उत्पीडित वर्गको पक्षमा उभिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको