October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन

काठमाडौं, पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ । सशस्त्र प्रहरी अस्पताल काठमाडौँमा उपचार गराइरहेका उनको बुधवार राति  निधन भएको उनका छोरा मदनरत्न न्यौपानेले बताएका छन् ।

शुरुमा कोरोना सङ्क्रमणका कारण बिरामी भएका उनलाई फोक्सोमा निमोनिया भएर गम्भीर बिरामी भएका हुन् ।

वैशाख २३ गते वीरेन्द्र प्रहरी अस्पताल काठमाडौँमा उपचारका लागि भर्ना भएका न्यौपानेको अवस्था गम्भीर भएपछि सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा राखिएको थियो ।

अवस्था झनै गम्भीर भएपछि न्यौपानेलाई १० दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको छोरा मदनले बताए । उनका अनुसार न्यौपानेको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको थियो भने उनमा निमोनिया देखिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको