June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता हुने

file photo

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुने भएको छ ।

आज बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठक चलिरहेकै बेला अध्यक्ष ओलीले नेता नेपालाई फोन गरेर भेट्ने प्रस्ताव राखेका हुन् ।

ओलीको प्रस्तावमा नेपाल सकारात्मक भएपछि बिहीबार नै भेटवार्ता हुन लागेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

यस्तै नेता भीम राववले पनि ओली र नेपालबीच भेटवार्ता हुन लागेको तर समयबारे आफूलाई जानकारी नभएको बताए । बालुवाटारमा स्थायी कमिटी बैठक अघि नेता विष्णु पौडेललले कोटेश्वर निवास पुगेर नेपाललाई भेटेका थिए ।



शीर्ष समाचार

धेरै पढिएको