June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

महन्थ-राजेन्द्रसँको भेटपछि देउवाले बोलाए पार्टीका शीर्ष नेताहरूको बैठक

काठमाडौं, कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । देउवाले अपराह्न ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् ।

एक नेताका अनुसार उक्त बैठकमा सरकार निर्माणका लागि भइरहेका प्रयासबारे छलफल हुनेछ । यसअघि देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महताेलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए ।

भेटमा देउवाले आफ्नो नेतृत्वमा सिंगो जसपालाई लिएर बहुमतको सरकार बनाउन सहमतिका लागि आग्रह गरेको बताइएको छ । 

शीर्ष समाचार

धेरै पढिएको