June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

देउवा भेट्न बुढानिलकण्ठ पुगे जसपा अध्यक्ष ठाकुर र महतो

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बुढानिलकण्ठ पुगेका छन् ।

राष्ट्रपतिको आह्वान अनुसार आजै गठबन्धन सरकार बनाइसक्नुपर्ने अवस्था रहेका बेला ठाकुर र महतो देउवालाई भेट्न पुगेका हुन् ।

सभापति देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन प्रयास गरिरहेका छन् । तर ठाकुर र महतो नयाँ सरकार बनाउने पक्षमा नरहेका महतो निकट स्रोतले जानकारी दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको