June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

बुढानिलकण्ठमा देउवा र प्रचण्डबीच भेटवार्ता, विपक्षी गठबन्धनबारे छलफल

File photo

काठमाडौं, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच विपक्षी दलहरुको गठबन्धन गरी बहुमतको सरकार बनाउने विषयमा छलफल भएको बताइएको छ ।

देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठस्थित उनकै निवासमा पुगेका थिए । करिब आधा घण्टा छलफल भएको उक्त भेटमा प्रधानमन्त्री केपी ओलीको विकल्पमा विपक्षी दलहरुको गठबन्धनबाट बहुमतको सरकार गठन गर्ने विषयमा रणनीतिक छलफल भएको एक नेताले जानकारी दिएका छन् । 

यस्तै सोमबार राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको प्रधानमन्त्री बन्ने दाबी पेश गर्न तीन दिनको समय दिएपछि विपक्षी दलहरु आफ्नो पक्षमा बहुमत पुर्‍याउने दौडधुपमा छन् । 

शीर्ष समाचार

धेरै पढिएको