April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

कांग्रेस सभापति देउवाले बोलाए पार्टी पदाधिकारी बैठक

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले आज दिउँसो ३ बजे आफ्नो निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन् ।

अन्य दलका नेताहरूसँगको बैठक स्थगित नभएको मुख्यचिव पौडेलले बताए । उनले भने, “अन्य दलका नेताहरुसँग छलफल गर्ने कुरा स्थगित भएको छैन । सभापतिज्युले पहिले पार्टी पदाधिकारी बैठक बोलाउनुभएको छ । पार्टीको बैठकपछि अन्य दलका नेताहरुसँग पनि छलफल गर्ने कुरा छ ।”

शीर्ष समाचार

धेरै पढिएको