June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

वैकल्पिक सरकार गठन गर्नु जसपाको उद्देश्य विपरित: महन्थ ठाकुर

काठमाडौं, जनता समाजवादी पार्टी नेपाल (जसपा) कुनै पनि बैकल्पिक सरकार निर्माणमा नलाग्ने भएको छ । जसपाका पार्टीका अध्यक्ष महन्थ ठाकुरले सोमबार राती एक विज्ञप्ति जारी गरी केपी ओली नेतृत्वका सरकारसँग आफ्नो पार्टीले उठाएका मागका बारेमा वार्ता तथा तदअनुसारका कार्य प्रगति सकारात्मक रुपमा बढेको बताएका हुन् ।

साथै अहिले सात्ता प्राप्ति भन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित हुन र त्यसको सम्बोधन नै जसपाको मुख्य ध्येय रहेको उल्लेख गर्दै वैकल्पिक सरकार गठन गर्नु जसपाको उद्देश्य विपरित भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

ठाकुरले वर्तमान राजनीतिक परिस्थितीमा सत्ता प्राप्तिको विषयमा आफूहरुको ध्यान नभएको बताएका छन् । विज्ञप्तिमा अध्यक्ष ठाकुरले अहिले जसपा सरकार गठबन्धनभन्दा पनि पार्टीले अघि सार्दै आएको एजेन्डा र मुद्दा सम्बोधनमै केन्द्रीत रहेको जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको