March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

“सरकारको ध्यान गयो अयोध्या र रामको रथ यात्रातिर, त्यसले कोरोना निको हुन्छ?”

file photo

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कोरोना संक्रमणको जोखिम कम नगरी सरकार अयोध्या र रामको रथ यात्रातिर लागेको आरोप लगाएका छन् ।

सोमबार संसदमा प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा धाराणा राख्दै यादवले भने, ‘सरकारको ध्यान गयो अयोध्यातिर, रामको रथ यात्रातिर, त्यसले कोरोना निको हुन्छ?’

संसदलाई विघटन गर्ने प्रधानमन्त्रीलाई मत कसरी दिने भनेर उनले प्रश्न गरे । यादवले भने, ‘जुन सदनलाई असंवैधानिक तबरले विघटन गर्नुभयो। जुन संसदमा यहाँको खुद विश्वास छैन त्यसमा तपाईँलाई कसरी मत दिने? ’

शीर्ष समाचार

धेरै पढिएको