June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

विश्वासको मतको पक्ष या विपक्ष दुवैमा छैनौं, तटस्थ बस्छौं: अध्यक्ष ठाकुर

file photo

काठमाडौं, जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतको पक्ष र विपक्ष दुवैमा नभएको प्रष्ट पारेका छन् । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने वशेष अधिवेशनमा बोल्दै उनले तटस्थ बस्ने बताए ।

ठाकुरले भने, ‘हामी विश्वासको मतको पक्ष या विपक्ष दुवैमा छैनौं, तटस्थ बस्छौं ।’ आफूहरुको पीडाको सुनुवाई नभएको र त्यसमा अहिलेको संविधान नै समस्या भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले आफूहरुको कुरा सुनेको भन्दै धन्यवाद दिए । ओली सरकारले आफ्ना नेता कार्यकर्ता गरी १२० जनाको मुद्दा फिर्ता गरेकोमा धन्यवाद दिए ।

शीर्ष समाचार

धेरै पढिएको