June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

जनमोर्चाद्वारा गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं, राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मौखिम रुपमा वैशाख १ मा फिर्ता लिएको बताए पनि आधिकारिक रुपमा आज फिर्ता लिएको हो ।

प्रदेशसभा सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएको छ । निर्णयक भूमिकामा रहेको राजमोले यसअघि वैशाख १ मा गण्डकी र लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको थियो ।

गण्डकी प्रदेशमा राजमोका ३ सांसद छन् । बिहान ११ बजे बसेको राजमोको संसदीय दलको बैठकले समर्थन फिर्ता लिएको सचिवालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको