June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं, नेकपा माओवादी केन्द्र (नेकपा)ले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

माओवादी संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत हाल्ने र यो अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्‍याउने निर्णय गरेको हो ।

माओवादीका सांसद देवेन्द्र पौडेलले भने, ‘आज हाम्रो तर्फबाट (अविश्वास प्रस्ताव दर्ताको) तयारी छ । तर परिस्थिति के हुन्छ, सदनमा प्रधानमन्त्री कसरी प्रस्तुत हुनुहुन्छ हेरौं ।’

यस्तै नयाँ सरकार बनाउन कांग्रेस प्रतिवद्ध रहेको भन्दै उनले प्रधानमन्त्रीको राजीनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने पौडेलले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको