June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

संवैधानिक आयोगका रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिस

काठमाडौं, संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

संवौधानिक परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी तथा सदस्यमा माधव बेल्बासे, वीरबहादुर राई , उदय सिलवाल  र  मञ्जु कुमारीलाई नियुक्त गरेको हो । परिषद्को आइतबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त आयुक्तमा डा.हरि पौडेल  र डा सुमित्रा श्रेष्ठको नाम सिफारिस गरेको हो । 

यसैगरी निर्वाचन आयोगका सदस्यमा सगुनशम्शेर जबरा तथा प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यमा विपीनराज निरौला  र सुधाकुमारी झालाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।

राष्ट्रिय महिला आयोगका बाँकी सदस्यमा जया घिमिरे र सावित्राकुमारी शर्मा तिवारीलाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।  राष्ट्रिय दलित आयोगका सदस्यमा सुन्दर पुर्कुटी, राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा डा रामकृष्ण तिमिल्सेना तथा सदस्यमा पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्रीलाई  सिफारिश गरिएको छ ।

त्यस्तै आदिवासी जनजाति आयोगका सदस्यमा सूर्यबहादुर गुरुङ, मधेशी आयोगका सदस्यमा आभा कुमारी , थारु आयोगका सदस्य डा उमाशंकर चौधरी, मुस्लिम आयोगका सदस्यमा मोहमद सम्सुल हकलाई सिफारिस गरिएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले परिषद्ले रिक्त संवैधानिक आयोगका अध्यक्ष तथा सदस्य नियुक्त गरेको जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको