April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

नेपाल-खनाल पक्षका सांसद मतदानमा उपस्थित नहुने,अन्तिम टुंगो लगाउन स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, नेकपा एमालेको माधवकुमार नेपाल पक्षले संसदमा अनुपस्थित हुने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । तर, त्यसअघि बसेको नेपालपक्षका सांसदहरुको बैठकले संसदमा अनुपस्थिति हुने निर्णय लिएको हो ।


सांसद राजबहादुर बुढाका अनुसार सांसदहरूले अनुपस्थित हुने कि राजीनामा दिने भन्नेबारे स्थायी कमिटीले अन्तिम निर्णय गर्नेछ । सांसदहरुको बैठकपछि अहिले सिंहदरबारमा खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको