June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

नेपाल पक्षलाई प्रम ओलीले कुनै “रेस्पोन्स” दिएनन्, सिंहदरबारमा सांसदहरुको बैठक बस्दै

काठमाडौं, नेकपा एमालेको झलनाथ खनाल माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई दिएको अल्टिमेटम सकिएको छ । तर प्रधानमन्त्री ओलीले भने कुनै “रेस्पोन्स” दिएनन् ।

आइतबार बसेको खनाल नेपाल पक्षीय सांसदको बैठकले पार्टी एकताका लागि उनलाई अल्टिमेटम दिएको थियो ।

ओलीले आज बिहान ९ बजेसम्म गत फागुन २८ गते गरेको निर्णय फिर्ता र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त भनेको थियो । तर त्यो समयमा ओलीबाट कुनै प्रतिबद्धता नआएपछि खनाल नेपाल पक्षले सांसदको बैठक बोलाएको छ ।

खनाल नेपाल पक्षका सांसदहरुले राजीनामाका विषयमा छलफल गर्न साढे ९ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बैठक बस्दै छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वास मत लिनुअघि उनीहरु एउटा निर्णयमा पुग्ने पक्षमा देखिन्छन् ।

विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै छ । यसका लागि सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको