June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । संसदमा विश्वास गुमाएका प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

संघीय संसद कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले विश्वासको मतदान सम्बन्धी सबै प्रक्रिया आजै टुंग्याउने निर्णय गरेको छ ।
संघीय संसद सचिवालयले तय गरेको कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट संसदको विशेष अधिवेशन आह्वान सम्बन्धि पत्र पढेर सुनाउने कार्यसुची छ ।

आजै प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत माग्ने र मत विभाजन गर्ने तय भएको छ । आफ्नै पार्टीमा सन्तुलन कायम गराउन नसकेका प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने पक्का भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको