June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

सामूहिक राजीनामा दिने कुरा चर्चाको विषय मात्रै, नेता नेपाल पनि अनभिज्ञ

file photo

काठमाडौं, नेकपा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले एमाले नेता माधवकुमार नेपाल लगायतका नेताहरुले सामूहिक राजीनामा दिने कुरा चर्चा विषय मात्रै भएको बताएका छन् ।

आज नेता नेपालसँगको भेटपछि उनले आफूहरुले पनि नेता नेपालसँग राजीनामाको विषयमा कुरा उठाएको तर यस विषयमा नेता नेपाल पनि अनभिज्ञ भएको बताएका हुन् ।

उनले नेता नेपाल लगायतको सामूहिक राजीनामाबारे आफूले  केहीपनि नसुनेको कुरा सञ्चारमाध्यममार्फत मात्रै चर्चा भएको बताउँदै नमिलेका कुराहरु वार्ता र छलफलमार्फत टुंगोमा पुग्ने पनि एमाले नेताले दाबी गर्नुभएको छ ।

शीर्ष समाचार

धेरै पढिएको