June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

विवेकशील साझाको एकता महाधिवेशन स्थगित

काठमाडौं, आउँदो जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित गरिएको छ । 

विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।

हाल मुलुकमा कोरोना भाइरस सङ्क्रमणको तीव्र फैलावटले अत्यन्तै प्रतिकूल अवस्था सिर्जना गरेको र ठूलो संख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय प्रवक्ता शरदराज पाठकले बताएका छन् ।

यस्तै परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को मिति तय गरिने पनि बैठकले निर्णय गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको