June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

जसपाको पदाधिकारी बैठक बस्दै

काठमाडौं, जनता समाजवादी पार्टी नेपाल (जसपा) को पदाधिकारी बैठक बस्ने भएको छ । आइतबार जसपा नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको निवासमा २ बजे पदाधिकारी बैठक बस्ने भएको हो ।

उक्त बैठक बस्नुअघि जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका हुन् ।

यस्तै नयाँ सत्ता समीकरणलाई लिएर जसपामा आन्तरिक विवाद चर्किएसँगै पार्टीको पदाधिकारी बैठक प्रभावित बन्दै आएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको