June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

file photo

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महताेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । जसपाको सबै माग सम्बोधन नभएकाले विश्वासको मत दिन नसकिने प्रम ओलीलाई जनाकारी दिइएको हो ।

आज ओली निवास बालुवाटारमा पुगेर ठाकुर र महतोले प्रधानमन्त्री ओलीसँग विश्वासको मत दिन नसक्ने जानकारी गराएको महताेले सञ्चारमाध्यमलाई बताएका छन् ।

उनले भने, ‘हाम्रो केही काम सम्बोधन गर्नुभएको छ । हामी तपाईंको विपक्षमा पनि उभिदैनौँ । तर हामीले विश्वासको मत दिन सक्दैनौं भनेका छौँ ।’ यस्तै भोलि सोमबार नै प्रधानमन्त्री ओलीले विश्वासको मत दिँदै छन् ।

शीर्ष समाचार

धेरै पढिएको