June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

file photo

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । यहीँ वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न शनिबार उक्त बैठक बोलाइएको हो ।

संसदीय दलको कार्यालयका अनुसार सङ्घीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा आज दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूचि रहेको छ ।

प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।

यस्तै कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको मङ्गलबार बसेको बैठकले प्रधानमन्त्री ओलीको विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको