April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

नेकपा स्थायी समिति बैठक सकियो, बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनबारे छलफल

काठमाडौं, नेकपा एमालेको आज बसेको स्थायी समिति बैठक सकिएको छ । आजको बैठकमा आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनबारे छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

बैठक पछि ज्ञवालीले भने, ‘जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशबाट निर्वाचित हुने एक जना राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका बारेमा छलफल गरेका छौँ र यो निर्वाचनमा नेकपा एमाले जिताउने तयारीका लागि विभिन्न सुझावहरु आएका छन् । सुझाव अनुसार जनप्रतिनिधिहरूसँग कुरा गर्ने र छलफल अगाडि बढाउने छौ । उम्मेदवारका बारेमा पछि छलफल गर्छौ ।’

यस्तै वैशाख २७ गते प्रधानमन्त्री ओलीले लिने विश्वासको मतका सन्दर्भमा अन्य दलसँगको छलफललाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको