June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

सरकारलाई विश्वासको मत दिन कांग्रेससँग प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिनका लागि प्रमुख प्रतिपक्ष कांग्रेससँग प्रस्ताव राखेका छन् ।

आज कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री ओलीले विश्वासको मतबारे परामर्श गरेका हन् ।

बैठक सकिएपछि कांग्रेसका नेता प्रकाशशरण महतले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतका लागि सहयोग माग्नुभयो । प्रतिपक्ष भएकाले हामीले सहयोग गर्न नसक्ने कुरा स्पष्ट पार्‍यौं ।’

उनले भने, ‘लोकतन्त्रका लागि लडेका हौं हामी मिलेर जाउँ भन्ने प्रस्ताव प्रधानमन्त्रीले गर्नुभएको थियो तर लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने काम तपाईंले गर्नुभएको छ भन्ने जवाफ दियौं ।’

प्रधानमन्त्रीले लोकतान्त्रिक मूल्य र मान्यताका कुरा गरे पनि व्यवहारमा नदेखिएको जवाफ कांग्रेसले दिएको महतले जानकारी दिएका छन् । सत्ता सहकार्य हुन नसक्ने जवाफ दिएको र अहिले त्यो अवस्था नै नभएको बताएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङसहित देउवा निवास पुगेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको