June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

लुम्बिनीमा एमाले सांसद डाँगीले दिए राजीनामा, माओवादीमा प्रवेश गर्ने तयारी

बुटवल, लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले आज पदबाट राजीनामा दिएका छन् ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार डाँगीले बुधबार प्रदेश सभा सचिवालयमा राजीनामा पत्र दर्ता गराएका हुन् ।

उनले अहिलेको राजनीतिक अवस्था देखेर राजीनामा दिएको पत्रमा उल्लेख गरिएको छ । संविधानको धारा १ सय ८० को ‘क’ बमोजिम सभामुखले उक्त पत्रलाई प्रक्रियामा लगेको सचिव पुन मगरले बताए । उनी दाङको निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित भएका थिए । 


यस्तै डाँगीलाई आफ्नो पार्टीमा स्वागत गरिने माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताएका छन् । यसअघि एमालेका प्रदेश सभा सदस्य कपिलवस्तुका दृगनारायण पाण्डेले राजीनामा दिएका थिए । उनी भने कांग्रेसमा प्रवेश गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको