May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनःविस्तार, शिक्षामन्त्रीमा पाण्डे नियुक्त

  • 2
    Shares
file photo

काठमाडौं, लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनःविस्तार गरिएको छ । मुख्यमन्त्रीमा पुनः नियुक्ति भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सोमबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

 मुख्यमन्त्री पोखरेलले कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका छन्  । 

नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको