
बिरगंज – नेपाली काङ्ग्रेस बिरगंज महानगर वार्ड न १४ बहुअरि टाेल स्तरिय कार्यकर्ता भेला नेपाली काङ्ग्रेस बि .म.न.पा.वार्ड न १४ काे सभापति सन्जय साहकाे अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यकर्ता भेलाका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीले नेपाली काङ्ग्रेस विधि र बिधान सङ्ग चल्ने पार्टी भएको र यसले स्थापना कालदेखि प्रजातन्त्र र लाेकतन्त्रकाे लागि कहि कसै सङ्ग सम्झौता नगरेकाेले काङ्ग्रेस पार्टी गठन हुनुभन्दा अघि र पछि गठन भएका पार्टीहरू बिघटन भए तर काङ्ग्रेस स्थापनकाल देखि रहिआएको बताए ।
कार्यकर्ता भेलामा नेपाली काङ्ग्रेस जिल्ला सचिव श्याम पटेल , नेता रामनारायण कुर्मी ,क्षेत्रीय सभापति बिजय कुमार सर्राफ,सह सभापति अरबिन्द कुमार गुप्ता ,नगर सभापति भाेला प्रसाद कलवार,जि सदस्य रामबाबु कुर्मि, नेबि संघका पुर्ब केन्द्रीय सदस्य सुधिर पटेल,नेबि संघका पुर्ब सन्याेजक दिलिपराज कार्कि,नेबि संघ पर्साका कार्य बाहक अध्यक्ष बिकेश पटेल,नेपाली काङ्ग्रेस नगर उपाध्यक्ष बिशेश्वर पटेल, जहुर आलम, शम्साह अन्सारी ,रामनारायण पटेल, आबिद अन्सारी ,मेराज अालम लगायतकाे उपस्थिति रहेको थियो ।
साे कार्यकर्ता भेलाले सभापति साबिर अहमद अन्सारी ,उप सभापति रहमतुल्लाह अन्सारी ,सचिव अफलाक अन्सारी ,सह सचिव साेयब अन्सारी ,काेषाध्यक्षमा रहमत अन्सारी सहित १७ सदस्यीय वडा टाेल समिति गठन गरिएको बताएको छ ।





