April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

सांसदमाथि कारबाही गर्न लागिएको भन्दै नेपाल पक्षले पेश गरेको रिट निवेदन दर्ता

काठमाडौं, निर्वाचित सांसदमाथि कारबाही गर्न लागिएको भन्दै नेकपा (एमाले)को झलनाथ खनाल-माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतमा बुझाएको रिट निवेदन आज दर्ता भएको छ ।

माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले सांसदमाथि कारबाही गर्न लागिएको भन्दै सर्वोच्चलाई प्रतिषेधको आदेश जारी गरीपाऊँ भन्दै बुधबार दिएको निवेदन बिहीबार दर्ता भएको हो ।

आइतबारका लागि पेशी तोकिएको छ ।
त्यस्तै, २०७५ जेठ २ गतेअघिकै नेकपा (एमाले) ब्युँताउने सर्वोच्चको २०७७ फागुन २३ गतेको आदेश कार्यान्वयन गरिपाऊँ भन्ने पनि उक्त निवदेनमा माग गरिएको छ ।

यस्तै २७ जना सांसदका हकमा त्यस्तो आदेश माग गरिएको हो । निवेदनमा नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको